INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठ वर्षीया र नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गोलबजार नपा–६ का ७० वर्षीय सगुनी महतोविरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ ३० गते उजुरी दिएको छ ।

पीडितद्वयलाई आरोपितले जेठ १८ गते यौन दुर्व्यवहार गरेको र गाउँमै घटना मिलाउने प्रयास भएकाले उजुरी दिन ढिला भएको पीडित बालिकाका बुबाले बतए ।

पीडितद्वयको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ३० गते गरिएको छ ।

आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।

अन्य

भिडियो