INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले दुईजना घरेलु हिंसा पीडितलाई जेठ ३१ गते नगद सहयोग प्रदान गरेको छ ।

इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षको जेठ २९ गतेको निर्णयानुसार घरेलु हिंसा पीडित वीरेन्द्रनगर नपा-४ की २० वर्षीया भावना कठायत र वीननपा-२ की ३३ वर्षीया निर्मला घिमिरेलाई प्रतिव्यक्ति दश हजार रूपियाँका दरले सहयोग प्रदान गरिएको हो ।

पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यातायात, खाना तथा अन्य खर्च जुटाउन सहयोग पुर्‍याउने उद्देश्यले नगद सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभयो ।

रकम प्रदान गर्दै अधिवक्ता एवम् मानव अधिकार सहायता कक्षका सदस्य गीता कोइरालाले हिंसा पीडितहरूको अधिकार स्थापित गर्न इन्सेकले गर्दै आएको सहयोगले पीडितहरूलाई निकै राहत पुगेको बताउनुभयो । पीडित कठायत र घिमिरेको घरेलु हिंसा मुद्दाको प्रक्रिया अघि बढिसकेको अधिवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यस्तै मानव अधिकार सहायता कक्षले गरेको सिफारिसका आधारमा द्वन्द्वपीडित वीरेन्द्रनगर-४ की ३५ वर्षीया भीमा घिमिरेलाई आवाज संस्था सुर्खेतले जेठ ३० गते २५ किलो चामल, २ किलो दाल, ४ पोका तेल, २ किलो चिनी, २ पोका नुन र चियापत्ती उपलब्ध गराएको संयोजक सुवेदीले जानकारी दिनुभयो ।

अन्य

भिडियो