INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार

कर्णाली प्रदेश आयुर्वेद औषधालयका डाक्टरहरू ३८ वर्षीय शंकरप्रसाद रिजाल र ४० वर्षीय यादवप्रसाद उपाध्यायलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीनजना युवालाई गिरफ्तार गरेको छ ।

आरोपितहरू वीरेन्द्रनगर नपा–२ का १८ वर्षीय पवन अधिकारी, वडा नम्बर ४ का १८ वर्षीय विवेक पुरी र १६ वर्षीय सलिम भारतीलाई २८ गते साँझ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताउनु भयो ।

औषधालयको आइसोलेशनमा राखिएका कोभिड सङ्क्रमितहरूको चेकजाँच गरेर निवास तर्फ जाँदै गर्दा २७ गते साँझ मदिरा सेवन गरेका अधिकारी, पुरी र भारती सहितका ८ जनाको समूहले डाक्टरहरूमाथि कुटपिट गरेको कर्णाली प्रदेश आर्युवेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले बताउनु भयो ।

आरोपितहरूले डा. रिजालको कपडा च्यातिदिनुको साथै दुवैजनालाई लात्ती, मुक्का र ढुङ्गा प्रहार गरी कुटपिट गरेको अध्यक्ष ढकालले जानकारी दिनु भयो । उहाँका अनुसार दुवैजना चिकित्सकहरूको औषधालयमै उपचार भैरहेको छ ।

घटनामा संलग्न अन्य ५ जना फरार रहेको र उनीहरूको खोजी भैरहेको डिएसपी घर्तीले जानकारी दिनु भयो ।

अन्य

भिडियो