INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिलाई इन्सेकद्वारा खाद्यान्न सहयोग

अपाङ्गता भएका ५२ वर्षीय भानु नगरपालिका–२ फुस्रेटारका सुर्य नेपालीको परिवारलाई इन्सेकद्वारा खाद्यान्न सहयोग गरिएको छ ।

इन्सेक तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराई तथा भानु नगरपालिका मानवअधिकार समूह सदस्य सीता अधिकारी र खिमकुमारी गुरुङले जेठ २६ गते नेपालीको घरमै पुगेर एक बोरा चामल र एक महिनाकोलागि पुग्ने दाल, नुन र तेल उपलब्ध गराउनु भएको थियो ।

r

दृष्टिविहिन र सुस्तश्रवण समेत भएका नेपाली मागेर जिविकोपार्जन गर्दै आउनुभएको थियो । उहाँकी पत्नि ४८ वर्षीया कालीमाया नेपालीपनि शारिरिक रुपमा अस्वस्थ हुनुहुन्छ ।

कोभिडको दोश्रो लहर सुरु भएपछि भानु नगरपालिकामा समेत निषेध आदेश लगाइएपछि उहाँ माग्न जान नसक्ने अवस्थामा हुनुभएको थियो । उहाँको बारेमा मानवअधिकार समूह भानु नगरपालिकाको जेठ २६ गते सम्पन्न भएको भर्चुअल बैठकमा सदस्यहरुले जानकारी गराएपछि सोही दिन नेपालीको परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराइएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएका नेपाली यसअघि सँधै नगरपालिका कार्यालय नजिकै माग्न जाने र त्यसैबाट सङ्कलित पैसाले जिविकोपाजर्न गर्दै आएको उहाँका भाई प्रेमबहादुर नेपालीले बताउनुभयो ।

r

निषेध आदेशपछि माग्न जाने बाटो पनि बन्द भएको कारण बिहान बेलुकीको छाक टार्न समस्या भएपछि छिमेकीहरुले कहिलेकाँही सहयोग गरेको उहाँले बताउनुभयो ।

इन्सेक र मानवअधिकार समूहको तर्फबाट प्राप्त भएको खाद्यान्नले अब एक महिनाको लागि दाई भाउजुलाई ढुक्क भएको प्रेमले बताउनुभयो ।

अन्य

भिडियो