INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढीमाई नपा–३ की २८ वर्षीया पुजा चौधरीलाई आगो लगाएर हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले २९ वर्षीय पति दीपेन्द्र चौधरीलाई जेठ २३ गते गिरफ्तार गरेको छ ।

जेठ २१ गते राति मादक पदार्थ किन्न पैसा माग्दा नदिएपछि सोही विषयमा विवाद हुँदा आरोपितले पेट्रोल छर्की आगो लगाएर आठ महिनाकी गर्भवती पूजाको मत्यु भएको पीडित पक्षको आरोप छ ।

घाइते पुजालाई तत्काल लहान स्थित कामना नर्सिङ होममा लगिएपनि थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल पु¥याइएका थिए ।

नोबेल अस्पतालले काठमाडौँ उपचारको लागि लैजान सल्लाह दिएपछि जेठ २२ गते काठमाडौँमा लैजाने क्रममा सिन्धुलीमा पुजाको मृत्यु भएको मृतकका भाइ सलेनकुमार चौधरीले बताउनु भयो ।

घटनाको उजुरी इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते नै दिएको सलेनकुमारले बताउनु भयो । शवको पोष्टमार्टम लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २३ गते गरिएको छ ।

आरोपितलाई घरबाटै गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला अदालतबाट जेठ २४ गते म्याद थप गराइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका बताउनु भयो ।

अन्य

भिडियो