गोलबजार नपा–२ की २० वर्षीया सरिता सदायलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति ललित सदायलाई जेठ १४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरायसी विवादका कारण जेठ १३ गते राति कुटपिट गर्दा घरैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेटर सन्तोष राईले बताउनु भयो ।
राति नै कुटपिटबाट मृत्यु भए पनि जेठ १४ गते बिहान स्थानीयले थाहा पाएर प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई घरबाटै गिरफ्तार गरेको इन्स्पेक्टर राईले बताउनु भयो ।
आरोपितविरूद्ध सरिताका माइती पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा जेठ १४ गते उजुरी दिएको छ ।
शवको पोष्टमार्टम जेठ १५ गते लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा गरिएको छ ।