राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने गरी सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उक्त अध्यादेश जारी गर्नु भएको छ ।
अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ ।
यसअघि जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।
नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश -२०७८ पढ्नका लागि यहाँ क्लिक गर्नु होला