INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खुका ३७ वर्षीय राजन तामाङलाई जेठ ३ गते बेलुका इर्खु बजारबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

पीडितले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २७ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो