५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–८ का ४१ वर्षीय जीवन बजगाईलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७८ वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदबारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कविन राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २२ गते गरिएको छ ।