INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

शारीरिक अपाङ्गता भएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भोटखोला गाउँपालिका–४ का २५ वर्षीय लेवा भोटेलाई  आठ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश शान्तिप्रसाद आचार्यको वैशाख २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै आठ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार डिल्ली प्रसाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कैद सजायसँगै २ लाख रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार ३ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश भएको अदालतका श्रेस्तेदार प्रसाईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ माघ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले माघ २० गते गिरफ्तार गरी जिल्ला अदालत चैनपुरमा माघ २५  गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको थियो ।

अन्य

भिडियो