जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू कोभिड सङ्क्रण देखिएपछि अत्यावस्यक बाहेकका सेवा वैशाख १६ गतेबाट बन्द गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लगायत २८ जना कर्मचारीहरूमा कोभिड सङ्क्रण पुष्टि भएकाल जिल्ला प्रशासन कार्यालय वैशाख २२ गतेसम्म बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो ।
थापाका अनुसार नागरिकता, राहादानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताको लागि बन्द गरिएको हो ।
जिल्लामा हालसम्म ८ सय ६१ जनामा कोभिड सङ्क्रमण देखिएकामा हाल ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा १९ जनाको कोभिड सङ्क्रणबाट मृत्यु भएको छ ।