INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाइ वैशाख ७ गते बलात्कार प्रयास गरेको आरोपमा बागचौर नगरपालिका–३ निवासी ३२ वर्षीय कमल भण्डारीलाइ प्रहरीले वैशाख ९ गते गिरफ्तार गरेको छ ।

मदिरा सेवन गरेर आएको र बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा प्रहरीमा उजुरी दिएको इन्स्पेक्टर अर्जुन पौडेलले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १० गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो