INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक १३ वर्षीया र दुई जना १४ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट चन्द्रपुर नगरपालिका–८ घर भइ हाल सिरानचोक गाउँपालिका–७ बस्ने २६ वर्षीय जलेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।

पीडितहरुलाई आरोपितले पढाउने बहानामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत ३० गते जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।

पीडित पक्षको सोही उजुरीका आधारमा आरोपितलाई चैत ३१ गते गिरफ्तार गरिएको र उनीविरुद्ध जिल्ला अदालतबाट बालयौन दुरुपयोग शीर्षक अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पीडितहरुको स्वास्थ्य परीक्षण चैत ३१ गते गोरखा अस्पतालमा भएको छ ।

अन्य

भिडियो