INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुर ठहर गर्दै १२ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गदै जिल्ला अदालतले ०७७ चैत ३० गते ऐरावती गाँउपालिका – २ का २६ वर्षीय प्रकाश थापालाई १२ वर्ष कैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले १२ वर्ष कैद ५० हजार रूपियाँ  क्षतिपुर्ति पीडितलाई भराउने र १ हजार ८ सय रूपियाँ पीडित राहात कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका अधिकृत तुलबहादुर गुरुङ्गले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७७ असार २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले  असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए  । प्रहरीले आरोपितलाई  असार २४ गते घरबाट गिरफ्तार गरी मुद्दा चलाएको  थियो ।

पीडितको स्वास्थ्य परीक्षण  असार २४ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको थियो ।

अन्य

भिडियो