INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बिजयनगर गाउँपालिका–४ का ३२ वर्षीय कर्णबहादुर मल्ललाई फागुन २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ३० गते बिजयनगरको गुगौलीस्थित जङ्गलमा बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन १ गते इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेको इन्स्पेक्टर रणबहादुर बिष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको छ ।

अन्य

भिडियो