खाँडाचक्र नगरपालिका –५ मा तीन महिना देखि खानेपानीको चरम अभाव हुँदा घोडेना, विउरी, कार्कीवाडा, ढाडगाउँ, सालिम्वाडा गाउँमा स्थानीयलाई समस्या भएको छ ।
खानेपानीको मुहानदेखि पाइपलाइनहरू बिग्रीएको र वडा कार्यालयले मर्मतमा चासो नदिएपछि तीन महिनादेखि दुइ घण्टा टाढा पैदल हिडेर बोकेर ल्याएको पानी पिउनुपर्ने बाध्यता रहेका स्थानीय सत्यदेवि चौलागाइँले ।
‘पहिला पानीको भुक्तानी लिन प्रत्येक घरबाट पैंसा उठाउँथे, लाइन बिग्रको ठाउँमा बनाउन जान्थे तर आजभोली वडा कार्यालयवाट पलम्बरको तलब दिन थालेदेखि बिग्रिएपनि वास्ता गर्दैनन् ।’ चौलागाइँले इन्सेक प्रतिनिधिसँग दुःखेसो पोख्नुभयो ।
नगरपालिकाको कर तिर्ने तर खानेपानी, यातायात विद्युत, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता उपयोग गर्न नपाएको अर्का स्थानीय प्रमेमचन्द्र चौलागाईंको भनाइ छ ।
खाँडाचक्र नपा–५ का अध्यक्ष खडानन्द चौलागाइँले पानीको मुहान टाढा हुनु र हिमपातको कारण पलम्बरहरू त्यहाँ जान नसकेको कारण समस्या भएको बताउनुभयो । स्थानीयबासीको गुनासोलाई तत्काल निराकरण गर्न आफू लागिपर्ने पनि अध्यक्ष चौलागाइँको प्रतिबद्धता व्यक्त गर्नु भयो ।

