INSEC Online

📅 २०८३ जेष्ठ २१

उखु कृषकहरूले अझै पूर्ण भुक्तानी रकम पाएनन्

उखु किसानहरूले अझै  पूर्ण भुक्तानी रकम पाउन सकेका छैनन् । जिल्लाका तीनवटा चिनी मिल मध्ये इन्दिरा सुगर एण्ड इण्डष्ट्रिज प्रालिले भुक्तानी पुरा नदिँदा किसानहरू मर्कामा परेका छन् ।

उक्त मिलले ५ करोड ७१ लाख रूपियाँ  कृषकको भुक्तानी दिनु पर्नेमा अहिलेसम्म १ करोड ३४ लाख मात्र खातामा जम्मा गरेको र बाँकी रकम भूक्तानी दिन आना कानी गरेपछी जिल्ला प्रहरी कार्यलयले सञ्चालक राजेश अग्रवाललाई गिरफ्तार गरी थप अनुसन्धानका लागि सिराहा जिल्ला प्रहरी कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी अजय केसीले बताउनु भयो ।

यसैगरी ९ करोड रूपियाँ भुक्तानी दिनुपर्ने लुम्बिनी चिनी मिलले ३ करोड रूपियाँ रकम भूक्तानी दिन बाँकी रहेको छ । बाँकी रहेको रकम  एक हप्ता भित्रमा भूक्तानी हुने प्रतिबद्धता गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनु भयो ।

२०७७ साल मङ्सिर २५ गते देखि काठमाण्डौंस्थित माइतीघर मण्डलामा भएको उखु किसानहरूको आन्दोलन पश्चात बक्यौता रकम तिर्न लगाउने सहमतिमा आन्दोलन स्थगीत भएको थियो ।

अन्य

भिडियो