जहदा गाउँपालिका–५ स्थित प्रहरी चौकी मझारेमा कार्यरत असई ३१ वर्षीय रामकुमार माझीलाई माघ २४ गते कार्यस्थलमा हातपात गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–७ का २१ वर्षीय बब्लु शाहलाई गिरफ्तार गरेको छ ।
नेपालबाट भारततर्फ डिजेलको तस्करी भइरहेको सूचनाका आधारमा चेकजाँचका लागि कार्यस्थलमा खटिएका माझीलाई को १४ प ७६३ नम्बरको मोटरसाइकलमा सवार २१ वर्षीय शाहले हातपात गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
जहदा गाउँपालिका–५ लक्षमीनियामा डिजलको तस्करी रोक्न खटिएको अवस्थामा आक्रमण हुँदा माझीको दुवै आँखामा चोट लागेको र नाकको हाड भाँचिएको डिएसपी राईले बताउनु भयो । पीडितको उपचार माघ २४ गते विराट नर्सिङ होममा गरिएको छ ।