१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले इन्सेक प्रतिधिसँगको कुराकानीमा बताउनु भयो । इन्स्पेक्टर गिरीले आरोपितको खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।