INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–३ का ४८ वर्षीय माधव कुमार श्रेष्ठ र मायादेवी गाउँपालिका–८ का ५१ वर्षीय रामप्रसाद हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

आरोपित श्रेष्ठकी पत्नी हराएको र उनलाई फेला पार्नका लागि पाँच कन्याबाट पूजा, भोजन र दक्षिण गर्नाले पत्नी भेटिने कुरा आरोपित रामप्रसाद हरिजन (धामी) ले भनेपछि माघ ३ गते पाँच जना बालिकाहरूलाई  लगेर धाँमी कहा गएको र पूजा गरीसकेपछि हरिजनले बलात्कार गरेको भन्दै पीडितपक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालयका  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ  ।

यसैगरी, १२ वर्षीया  बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–११ मुग्लाहका १८ वर्षीय  मजिबुर रहमानलाई माघ १४ गते गिरफ््तार गरेको छ ।

पीडितपक्षले  अर्का आरोपित लुम्बिनी सांस्कृतिक नपा–६ तरकुल्लाहका १८ वर्षीय सहिजाद मुसलमान विरूद्ध उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितहरूले  माघ ७ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले  माघ १४ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् ।

पीडितपक्षको  उजुरीका आधारमा कारबाही अगाडि बढाएकोे इलाका प्रहरी कार्यालय, लुम्बिनीका सइ  डेलम्बर घिमिरेले बताउनु भयो । फरार आरोपित सहिजादको खोजी भइरहेको  प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १२ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो