INSEC Online

📅 २०८३ जेष्ठ २१

झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

झारफुकको नाममा फलामले डामेर हत्या गरिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदन  माघ १३ गते सार्वजनिक गरिएको छ ।

इन्सेक गुल्मी जिल्ला प्रतिनिधि अगुवाइमा गरिएको स्थलगत अध्यन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवलका निमित्त प्रमुखद सन्तोष आचार्यलाई र राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा बुझाइएको  छ ।

रेसुंगा नगरपालिका– १ मा झारफुकको नाममा, इस्मा गाउँपालिका –३ का ६४ वर्षीय रामबहादुर मुखियाको बिरामी  सञ्चो गराउने नाममा  धामीले फलाम लगायतका धातु तताएर डाम्दा पुस २९ गते मृत्यु भएको  थियो ।

अध्यन प्रतिवेदनले कानुनी प्रकृयामा जान मद्दत पुग्ने इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले बताउनु भयो ।

प्रतिवेदन बुझ्दै आयोगका निमित्त प्रमुख सन्तोष आचार्यले उक्त  घटनाप्रति आयोगको ध्यानाकर्षण भएको बताउदै प्रतिवेदन अध्ययन गरेर सोही अनुरुप अगाडि बढ्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी अधिकृत द्वारिका अधिकारीले प्रतिवेदन बुझ्दै घटना प्रति ध्यार्नाकषण भएको बताउदै आयोगबाट हुनसक्ने सहयोग गरिने बताउनु भयो ।

अध्ययन टोलीमा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि, टोपलाल अर्याल, नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेय, अधिवक्ता  हिरा कुवंर,  दलित अधिकारकर्मी कमला बराल, नेपाल पत्रकार महासंघ गुल्मीका  उपाध्यक्ष अनिल खत्री रहेका  थिए ।

 

अन्य

भिडियो