INSEC Online

📅 २०८३ जेष्ठ २१

हुम्ला जिल्लाका डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन

हुम्लामा डेढ दर्जन भन्दा बढी सरकारी कार्यालय प्रमुख विहीन भएका छन् । कार्यालय प्रमुखहरू जिल्लामा नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यलयमा औषधि उपचार गर्न जाँदा डाक्टर नभएको भन्दै स्थानीयबासी त्यसै घर फर्कनु परेको विष्णुबहादुर शाहीले बताए ।

तरकारीको बिउविजन ल्याउन जाँदा कृषि कार्यालयमा कार्यालय प्रमुख नभएकाले बिउ पाउन नसकेको मेघ दमाइले गुनासो गरे ।

हिजोआज जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, जिल्ला स्वास्थ्य कायालय, मालपोत कार्यालय, जिल्ला आयुर्वेद, सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका कार्यालयमा कार्यालय प्रमुख छैनन् । त्यसैगरि कार्यालय प्रमुख नहुने अन्य कार्यालयहरूमा हिल्दुम जलविद्युत आयोजना, महिला विकास कार्यालय, नापी कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, सिञ्चाई युनिट, खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, जल उत्पन्न प्रकोप, सिमकोट हिल्सा सडक आयोजना र वाणिज्य बैङ्क रहेका छन ।

यस सम्वन्धमा सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलासँग प्रतिक्रिया माग्दा आफूलाई पाँच ओटा कार्यालयको मात्र जानकारी आएको र अन्यको कुनै जानकारी नभएको बताए ।

सिटौलाका अनुसार प्रमुख जिल्ला अधिकारी छिट्टै नै जिल्लामा आउने र त्यसपछि कर्मचारीको खोजी गरिने छ ।

अन्य

भिडियो