चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत सिरहाले पुस २२ गते १६ वर्षीय बालकलाई दुई महिना कैद, २ हजार रुपियाँ जरिबाना र १० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ ।
न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७६ साउन १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा साउन १७ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १६ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई साउन १७ गते घरबाटै गिरफ्तार गरेकोमा जिल्ला अदालतको भदौ ८ गतेको आदेशले अभिभावकको जिम्मामा रिहा गरेको थियो ।