बहुविवाह गरेको आरोपमा पुस २९ गते रानीटार गाविस-१ का ३३ वर्षीय रोदनकुमार लिम्बू र सोही ठाउँकी सविता नेम्वाङ लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ ।
३१ वर्षीया आँशु योङहाङ लिम्बूले आरोपितद्वय विरुद्ध पुस २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोखरेलले बताए ।
आरोपितद्वयले गत कात्तिक २५ विवाह गरेको आरोपमा कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।