INSEC Online

📅 २०८३ जेष्ठ २१

अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूद्वारा कलेज तोडफोड

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

photo20170111kanchanpur

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई मोसो दलेका आरोपमा गिरफ्तार गरिएका विद्यार्थीहरूलाई बिना शर्त सम्मानपूर्वक रिहाइको माग गर्दै आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेर कलेज खोलेकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र शाहले वताए ।

चार जनाको समूहमा आएका बन्दकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै प्राचार्य कक्षमा पसेर कार्यालयमा रहेका कुर्सीटेबल तोडफोड गरेको कलेजकी प्राचार्य निशा भट्टले बताईन् । तोडफोडबाट कार्यालयमा रहेका कुर्सीटेबलमा क्षति भएको प्राचार्य भट्टले बताइन् ।

ब्रिक्सटन कलेज तोडफोड घटनामा संलग्न रहेका व्यक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

अन्य

भिडियो