INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४८ वर्षीय लिलाप्रसाद पौडेललाई जिल्ला अदालतले मङसिर ३० गते चार वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

न्यायाधीश केशव अधिकारीको इजलासले बौद्धिक अपाङ्गता भएकी महिलालाई ०७७ जेठ २४ गते बलात्कार प्रयास गरेको कसुरमा उक्त फैसला गरेको हो ।

पीडितका बुबाले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कारको आरोपमा पौडेलविरुद्ध उजुरी दिनुभएको थियो । आरोपित पौडेललाई जेठ २५ गते प्रहरीले गिरफ्तार गरी अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २५ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो