१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नपा–८ का ४० वर्षीय कृष्णबहादुर जिरेल विरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा ०७७ मङ्सिर २३ गते उजुरी दर्ता गराएका छन् ।
पीडित बालिकालाई आरोपित जिरेलले आफ्नै घरमा बोलाई ०७७ साउन १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।
आरोपितलाई प्रहरीले ०७७ मङ्सिर २२ गते घरैबाट गिरफ्तार गरेको र पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा भएको जिल्ला प्रहरी कार्यालयक इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।