बढैयाताल गाउँपालिका–२ फुटाहाकी ४५ वर्षीया ललिता सुनारको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय भक्तबहादुर सुनारलाई मङ्सिर ७ गते घरबाट गिरफ्तार गरेको छ ।
ललितालाई आरोपितले कात्तिक २० गते राती घरमासुतिरहेको अवस्थामा मट्टीतेल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । कोठामा आगो बलिरहेको देखेपछि छिकेकीले परिवारका सदस्यहरुलाई जानकारी गराएका थिए ।
तत्काल एम्बुलेन्सबाट भेरी अस्पताल नेपालगञ्ज लगेकोमा उपचारकै क्रममा कात्तिक २२ गते मृत्य भएको मृतकका छोरा पदमबहादुर बिकले बताउनु भयो ।
घटनाको बारेमा पदमबहादुर सुनारले कात्तिक २२ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा उजुरी दिएको आधारमा प्रारम्भिक अनुसन्धान गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका इन्स्पेक्टर धर्मराज जोशीले बताउनु भयो । थप अनुसन्धानका लागि मृतकका पति भक्तबहादुरलाई गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाइएको जोशीले बताउनु भयो ।
शवको पोष्टमार्टम कात्तिक २२ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।