जिल्ला कारागार नवलपरासी पश्चिममा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका पाल्हीनन्दन गाउँपालिका– ३ का ७० वर्षीय शिबलाल कोहारको कात्तिक १९ गते मृत्यु भएको छ ।
लोहार कात्तिक १९ गते एक्कासी चक्कर लागेर ढलेपछि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा पुर्याए लगत्तै डाक्टरले मृत घोषण गरेको जेलर जगत बस्नेतले जानकारी दिनु भयो । लोहारमा लामो समय देखि मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।
जिल्ला अदालतले ०७२ सालको चैत ३ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरेको थियो ।