सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २५ वर्षीय पङ्कज यादवलाई कात्तिक ६ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई मारिदिने धम्की दिएको पीडित बालिकाले बताइन् ।
पीडित बालिका डराएको र यौनाङ्ग दुख्यो भनेपछि सोध्ने क्रममा आमालाई भनेपछि कात्तिक ६ गते घटना बाहिर आएको हो ।
घटनाका विषयमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कात्तिक ६ गते उजुरी दिएका छन् ।
पीडित पक्षले दिएको उजुरीका आधारमा जबरजस्ती करणीसम्बन्धी कसुरमा कारवाही अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले फोनमार्फत बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–४ का ३० वर्षिय टन्कु भन्ने रामकुमार यादव, सोही ठाउँका २८ वर्षीय रमेश यादव, २० वर्षीय सुरेश यादव र ५३ वर्षीय पूर्णवासी यादवविरुद्ध कात्तिक ७ गते उजुरी दर्ता गरेको छ ।
पीडित युवतीलाई आरोपितहरूले कात्तिक ६ गते बलात्कार प्रयास गरेको र कसैलाई भने जे पनि हुन सक्ने धम्की दिएको भनी पीडित युवतीले कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी छिन् ।
पीडित युवतीले दिएको उजुरीका आधारमा जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा कारवाही अगाडि बढाएकोे र आरोपितहरू फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले फोनमार्फत बताउनुभयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ७ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।
त्यसैगरी ३१ वर्षीया सुस्तमनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–१ का ६० वर्षिय टेकबहादुर गुरुङविरुद्ध कात्तिक ७ गते उजुरी दर्ता गरेको छ ।
पीडित महिलालाई आरोपितले साउन २६ गते बलात्कार गरेको र कसैलाई नभनन धम्की दिएको भनी पीडित महिलाले कात्तिक ७ गते अभिभावकको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी छन् ।
पीडित महिलाले दिएको उजुरीका आधारमा जबरजस्ती करणीसम्बन्धी कसुरमा कारवाही अगाडि बढाएकोे र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले फोनमार्फत बताउनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।