चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बिष्णुपुर गाउँपालिका-५ का २३ वर्षीय शत्रुधन यादवलाई असोज २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा असोज २५ गते उजुरी दिएको पीडित बालिकाका बुबाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २५ गते गरिएको छ ।