२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायाँदेबी गाउँपालिका– ४ पकडीका १९ वर्षीय नौसाद फकिर मुसलमानलाई असोज २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २४ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमप्रसाद रेग्मीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २४ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।