२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाणगङ्गा नपा– ९ का १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज १९ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असोज २० गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिनु भयो ।
पीडितको उजुरीको आधारमा असोज २१ गते बलात्कार शिर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, पिपराका इन्स्पेक्टर दिनेश गुरुङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २० गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।