INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला भानु नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१५, खुमल्टार बस्ने ३० वर्षीय मनिष नेपाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई असोज १७ गते आरोपितले डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असोज १८ गते प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका थिए ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी असोज १९ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।

अन्य

भिडियो