१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला भानु नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१५, खुमल्टार बस्ने ३० वर्षीय मनिष नेपाललाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले ०७७ असोज १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई असोज १७ गते आरोपितले डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले असोज १८ गते प्रहरी वृत सातदोबाटोमा उजुरी दिएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी असोज १९ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।