१५ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहारलाई असोज १७ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमर थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १७ गते महाकाली अस्पतालमा गरिएको प्रहरीले जनायो ।