INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडितलाई उजुरी फिर्ता लिन दबाब, घटनाका आरोपित गिरफ्तार

सामूहिक बलात्कार घटनाका १५ वर्षीया पीडित बालिकालाई १२ लाख रुपियाँ लिएर घटना मिलाउन दबाब दिँदै मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएको घटनाका आरोपित धनुषाधाम नपा–२ धर्मपुरका ४५ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको आमा बुवालाई आरोपित यादवले गाउँ नजिकैको विद्यालयमा बोलाएर १२ लाख रुपियाँ लिएर उजुरी फिर्ता लिन दबाब दिएको र उजुरी फिर्ता नलिए ज्यान मार्ने धम्की दिँदै आएको पीडित पक्षको आरोप छ ।

पीडित बालिकालाई भदौ १ गते बलात्कार गरेको घटनाका आरोपित धनुषाधाम नपा–२ धरमपुरका १९ वर्षीय विजयकुमार यादवलाई भदौ ७ गते र सोही ठाउँका २० वर्षीय प्रताप सिंहलाई प्रहरीले भदौ १३ गते गिरफ्तार गरेको थियो ।

गिरफ्तार भएका दुवै जनालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत धनुषाले भदौ ३१ गते पुर्पक्षको लागि सिन्धुली कारागारमा पठाएको छ ।

बलात्कार घटनामा संलग्न धनुषाधाम नपा–२ धरमपुरका २७ वर्षीय बन्ठा भनिने श्यामसुन्दर यादवका ५५ वर्षीय बुबास त्यनारायण यादवले पीडित परिवारलाई धम्की र प्रलोभन दिएको आरोपमा गिरफ्तार गरी सार्वजानिक शान्तिविरुद्धको मुद्दा दर्ता गरिएको डिएसपी मिश्रले बताउनु भयो ।

बलात्कार घटनाका अरोपित बन्ठा भनिने श्यामसुन्दर र सोही ठाउँका नाम थर थाहा नभएका एक जना फरार रहेकाले खोजी कार्य भइरहेको डिएसपी मिश्रले बताउनु भयो ।

अन्य

भिडियो