INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२२ वर्षीया महिलालाई गत असार १९ गते बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–१ कोटबेतका २१ वर्षीय विरबहादुर बिकविरुद्ध असोज ४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित महिलाका पति रोजगारीको सिलसिलामा भारतमा रहेको र उनी घर फर्किएपछि मात्रै पत्नीले घटनाबारे बताएकालेढीला गरी उजुरी दिइएको  पीडितका पतिले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

प्रहरीमा उजुरी परेको थाहा पाएपछि आरोपित फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते जिल्ला स्वास्थ्य सेवा कर्यालयमा गरिएको सो कार्यालयका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो