INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

२६ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले  सियारी गाउँपालिका–१ का २४ वर्षीय अमरन मल्लाह विरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको  छ ।

पीडितलाई आरोपितले डर देखाएर ०७६ चैत देखि बलात्कार गर्दै आएकोमा अन्तिम पटक जेठ २२ गते बलात्कार गरेको र बलात्कारबाट  २० हप्ताको गर्भ रहेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खडक बहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २८ गते  भीम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो