INSEC Online

📅 २०८३ जेष्ठ २१

सेनाको कुटपिटको कारण मृत्यु भएका पीडितका परिवारले अझै राहत रकम पाएनन्

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट गम्भीर घाइते भई मृत्यु भएको भनिएका राप्ती नपा२ का राजकुमार चेपाङको परिवारले भदौ २३ गतेसम्म राहत रकम पाएको छैन । मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भनी साउन १६ गते जिल्ला प्रशासन कार्यालय चितवनमा सहमति भएको थियो । सहमति भएको ४० दिन पुगेको छ । परिवारलाई राप्ती नगरपालिकाले ३ लाख र निकुञ्जले ७ लाख दिने भनी सर्वपक्षिय सहमति भएको थियो ।

Slide3

मृतक राजकुमारका बुवा विष्णलाल चेपाङले आफूले बनाउन थालेर पनि अधुरै रहेको घर बनाउने काम भइरहेको बताउनु भयो । उहाँले भन्नु भयो राप्ती नगरपालिकाका उपमेयर इमानसिँह लामाको सहयोगमा घरको काम सकिन लागेको छ । राहत स्वरुप प्राप्त खाद्यन्नले खान त पाइएकै छ । तर सरकारले दिने भनेको राहत रकम भने नपाएको उहाँले बताउनु भयो ।

यसै गरी राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले इन्सेक चतिवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीसँग भदौ २३ गते कुरा गर्दै पीडित परिवारसँग मृतकको विषयमा आवश्यक कागजा

त जुटाउने काम भइरहेको बताउनुभयो । सहमति भए अनुसार पीडित परिवारले सहयोग पाउनेमा ढुक्क हुनुस्, अहिले के कसरी दिन सकिन्छ भनेर आवश्यक कागजात सङ्कलनको काम भइरहेको छ, मेयर बरालले भन्नुभयो ।

आफ्नो स्थानीय तहको नागरिकको हरेक कोणबाट सुरक्षा र सहानुभुति प्रकट गर्ने नगरपालिकाको कर्तव्य रहेको उल्लेख गर्दै प्रमुख बरालले गरिब, निमुखा सबै वर्ग र जातका मानिसहरूको कल्याणमा आफूहरू प्रतिवद्ध रहेकाले रकम नपाउने वा नदिने भन्ने विषयमा कुSlide2नै शङ्का गर्न नपर्ने बताउनुभयो ।

त्यस्तै सहमति अनुसार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले ७ लाख रुपैयाँ दिनुपर्ने हुन्छ । निकुञ्ज प्रमुख अणनाथ बरालका अनुसार एक हप्ता अघि मात्रै पीडित परिवारको तर्फबाट राहत रकम पाउनका लागि कार्यालयमा निवेदन परेको छ ।

निकुञ्जसँग यस्ता घटनाहरूमा दिने भनी रकम तोकिएको वा विनियोजित भएको हुँदैन, प्रमुख बरालले भन्नुभयोे, ‘हामी रकमको स्रोत खोजी रहेका छौँ, यसका लागि माथिल्लो निकायमा पनि छलफल भइरहेको छ । यथासक्य छिटो स्रोत व्यवस्थापन गरेर सहमति अनुसार रकम दिन तयार रहेको उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यस घटनामा अनुसन्धान प्रक्रिया निरन्तर चलिरहेको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले पोष्टमार्टम र भिसेरा परीक्षणको रिर्पोट प्राप्त भइसकेको बताउनुभयो । दुई ओटा रिर्पोट पाएपछि अनुसन्धानले थप तिव्रता लिएको छ, उहाँले भन्नुभयो । यस घटनामा कोही पनि गिरफ्तार भने भएका छैनन् ।

निकुन्ज क्षेत्रमा निगुरो र घुँघी खोज्न गएका स्थानीय युवाहरूलाई सेनाका जवानले  साउन १ गते कुटपिट गरी यातना दिएको भए पनि हप्ता दिनसम्म गुपचुप रहेको घटना राजकुमार Slide1चेपाङ गम्भीर बिरामी भएपछि साउन ७ गते मात्र सार्वजनिक भएको थियो । निज राजकुमार चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा साउन ८ गते मृत्यु भएको थियो ।

यस घटनामा राप्ती नगरपालिका२ मिलनटोलका २३ वर्षीय पूर्ण चेपाङ, ३२ वर्षीय सन्तलाल प्रजा, ३२ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय गोपीराम प्रजा घाइते भएका थिए । पोष्टमार्टमका लागि राजकुमारको शव साउन ११ गते राती टिचिङ अस्पताल काठमाडौँ लगिएको थियो । शव पोष्टमार्टम साउन १२ गते गरिएको थियो । पीडित परिवारले साउन १६ गते भएको सम्झौतापछि मात्र काठमाडौँबाट शव बुझेर ल्याई गाउँमै १७ गते दहासंस्कार गरिएको थियो ।

अन्य

भिडियो