कर्णाली करीडोर खार्पु सिमिकोट सडक खण्ड अन्र्तगतको सिमकोट गाउँपालिका ५ मा सडक खन्ने क्रममा असार २४ गते डोजर चालक र ठेकेदारलाई स्थानियले कुटपिट गरी घाइते बनाएको भन्दै असार २४ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
धादिङ, मजिंगटार गाउँपालिका–१० का २१ वर्षिय डोजर चालक राजेश च्यपाङ, हुम्लाको सर्केगाड गाउँपालिका–२ का २३ वर्षिय साइट इन्चार्ज विमल महतारा र सोहि ठाउँका २८ वर्षिय ठेकेदार नरबहादुर भण्डारीलाई सिमकोट गाउँपालिका–५ का करीव २० जना युवाहरूको समूहले ढुङ्गामुढा प्रहार गरेको पीडितले इन्सेक प्रतिसंगको भेटमा बताउनुभयो ।
डोजरले करीव ४ सय मिटर बाटो खनिसकेपछि स्थानीय आएर डिपिआर सही नभएको बाटो किन खनेको भन्दै ढुङ्गा प्रहार गर्दा तीनै जनाको टाउको र कुइनामा चोट लागेकोले सबैको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भईरहेको डिएसपी सुर्यप्रकास सेवेदीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा असार २४ गते प्रमुख जिल्ला अधिकारी चिरञ्नजिवि गिरि, डिएसपी सुर्य प्रकाश सुवेदी, सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा लगायतका सरोकारवालाबिच भएको छलफल बिना निश्र्कष टुङ्गीएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरिले बताउनुभयो ।