१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वनगाडकुपिण्डे नगरपालिका–९ स्वाराका १८ वर्षीय सेते बस्नेतलाई ०७७ भदौ ८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले भदौ ५ गते यौन दुर्व्यवहार गरेको भदौ ७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ८ गते स्वाथ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैशीले बताउनुभयो ।