२१ वर्षीया बहिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय दाजुलाई वैशाख २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले वैशाख २३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण सामुदायिक अस्पताल इटहरीमा वैशाख २ गते गरिएको छ ।