INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा खाद्यान्न वितरण

इन्सेक नेपालगञ्ज , नेपालगञ्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया र मित्तल राइस एण्ड आयल मिलले  राप्ती सोनारी गाउँपालिका– ४ मा  लकडाउनका कारण खाद्यान्न अभाव भएकाहरूलाई वैशाख २० गते खाद्यान्न सहयोग गरेको छ ।

राप्ती सोनारी गाउँपालिकाले सहयोगका लागि इन्सेकलाई गरेको पत्राचार अनुसार उक्त वडाको  नाकाबस्ती  गुर्दन गौरी,  महेशपुर , चुनभट्टी , बासखोली , मासमानी ,खयरभट्टी टोलका १ सय २६ घरधुरीलाई ७६ हजार २ सय रुपियाँ बारबरको खाद्यान्न राप्ती सोनारी गाउँपालिका– ४ को सहकार्यमा वितरण गरिएको हो ।

वडा अध्यक्ष कान्छा थारुका अनुसार १५ क्वीन्टल चामल , १सय २६ किलो नुन र १ सय २६ लिटर खाने तेल  वितरण गरिएको छ ।

वडा अध्यक्षको नेतृत्वमा  वडा सदस्यहरू, मानव अधिकार समूहका संयोजक धनी वली , कोरोना रोकथाम स्वयमसेवक लगायतको टोलीले गाउँमा गएर वितरण गरेको इन्सेक  बाँके जिल्ला सहजकर्ता लक्ष्मी चौधरीले बताउनु भयो ।

अध्यक्ष कान्छा थारूले लकडाउनका कारण खाद्यान्न अभाव भएको अवस्थामा  राहात सामाग्री सहयोग गरेकामा इन्सेक र डा. कनोडियालाई धन्यवाद  दिनु भएको थियो ।

2020050301banke

 

अन्य

भिडियो