त्रिवेणी गाउँपालिका – ७ गैरीगाउँमा वैशाख १८ गते बम विष्फोटमा परि चार जना बालबालिकाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, १३ वर्षीय गौरव नेपाली र पाँच वर्षीय विजय खत्री विष्फोटमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले बताउनु भयो ।
डिएसपी गुरूङका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भएपनि तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाले भेटाएर खेलाउने क्रममा विस्फोट भएको हुनसक्ने बताउनु भएको छ । शवको पोष्टमार्टम हुन सकेको छैन ।