INSEC Online

📅 २०८३ जेष्ठ २२

कोरोना विरूद्धको अभियानमा अस्पताललाई १ करोड ५ लाख रुपियाँ बराबरको सहयोग

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को उपचार,रोकथाम तथा नियन्त्रणका लागि अरूण तेस्रो जलविद्युत आयोजनाले जिल्ला अस्पताललाई चैत १९ गते १ करोड ५ लाख रुपियाँ बराबरको औजार तथा उपकरण सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै ९ सय मेगावाट क्षमताको निर्माणाधिन अरूण तेस्रो जलविद्युत् परियोजनाले जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोरोना भाईरस नियन्त्रण, रोकथाम र स्वास्थ्यकर्मीको सुरक्षाका लागि अस्पताललाई २ थान भ्यान्टीलेटर, ३ थान आईसीयु बेड,१ थान प्यासेण्ट मनिटर ३ थान , सेनिटाइजर,माक्स, पीपीइ लगायतका स्वास्थ्य सामग्री सहयोग भएको जिल्ला अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य बताउनु भयो ।

स्वास्थ्य सामग्री सतलज कम्पनी तुम्लिङटारका कार्यकारी निर्देशक अरून भिमानले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यलाई हस्तान्त्रण गर्नु भएको हो । सतलज कम्पनीले दिएको औजार र उपकरणले आगामी दिनमा कोरोनालगायत अन्य बिरामीको उपचारमा सहज हुने अध्यक्ष शाक्यले बताउनु भयो ।

जिल्ला अस्पतालमा आधुनिक औजार उपकरण नहुदाँ स्वासप्रश्वासका बिरामीलाई समेत अन्यत्रै रिफर गर्नुपर्ने अवस्था थियो ।

जिल्ला अस्पताल खाँदबारीमै उपकरण भएपछि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराई सेवा सञ्चालन तत्कालै गरिने अस्पतालले जनाएको छ ।

Photo20200401Sangkhuwasabha (1)

Photo20200401Sangkhuwasabha (2)

Photo20200401Sangkhuwasabha (3)

अन्य

भिडियो