INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर अमृत दहाल र मार्सेली निर्माण सेवा कम्पनीका ठेकेदार श्याम श्रेष्ठलाई कुटपिट गरेको आरोपमा प्रहरीले रामप्रसादराई गाँउपालिका–५ का वडाध्यक्ष वीरेन्द्र शाहीलाई चैत १३ गते गिरफ्तार गरेको छ ।

भोजपुर र मानेभञ्ज्याङ् जोड्ने मोटरेवल पुलको पिलर बनाउने क्रममा कार्यस्थलमा आएर वडाध्यक्षले चैत १३ गते कुटपिट गरेको पीडित श्याम श्रेष्ठले बताउनुभयो ।

कुटपिटबाट दहालको दाहिने हातमा चोट लागेको छ भने श्रेष्ठको शरीरमा निलडाम भएको छ ।

वडाध्यक्षले पुल निर्माण स्थलमा नै ६÷७ वटा मोटरसाईलमा आएर प्रविधिक र ठेकेदारमाथि हातपात गरेको पूर्वाधार विकास कार्यालय भोजपुरका कार्यालय प्रमुख राजनराज रेडिले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले वडाध्यक्षलाई गिरफ्तार गरी कानुनी कारबाही अघि बढाएको बताउनुभयो ।

घाईतेद्वयको जिल्ला अस्पतालमा चैत १३ गते उपचार भएको छ ।

अन्य

भिडियो