INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री अभाव

जिल्ला अस्पताल धनकुटामा कोरोना आंशका भएका बिरामी आँए उनीहरूको जाँजपड्तालका लागि चाहिने आवश्यक साम्रगी नभएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना सङ्क्रमणको आंशकमा चेकजाँचका लागि कोही बिरामी आएँ त्यस्ता बिरामीको चेकजाँचका लागि आवश्यक चिकित्सकीय सामग्री नभएको अस्पतालका निमित्त डक्टर पुजन विश्वकर्माले बताउनुभयो । डक्टर विश्वकर्माले भन्नुभयो– हामीसँग चिकित्सकका लागि आवश्यक प्रोटेक्टेट कपडा, मास्कलगायत सामग्री छैनन्, अहिलेको अवस्थामा हामी कोरोनाको कुनै बिरामीको उपचार तथा चेकजाँच गर्न सक्ने अवस्थामा छैनौं’ । उहाँले, ‘हाम्रो अस्पतालको र जिल्ला प्रशासन दुवै च्यानलबाट आवश्यक सामग्री माग गरिएको छ तर प्राप्त हुन नसकेको बताउनुभयो ।

एक जना लक्षण देखिएका बिरामीलाई अस्पतालमा आएका र उनलाई उपचार तथा चेकजाँचा गर्न नसकिएको पनि डक्टर विश्वकर्माले बताउनुभयो । कोरोना लक्षण भएका बिरामीहरू अस्पतालमा आउनेक्रम बढे भागाभाग हुने अवस्था रहेको डक्टर विश्वकर्माको भनाइ छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको लागि आवश्यक सामग्री केन्द्र सरकारसँग माग गरिएको र छिट्टै जिल्लामा आउने बताउनुभयो । प्रजिअ बिमलीले ती सामग्री एक–दुई दिनमा आइपुग्ने बताउनुभयो ।

स्वास्थ्यकर्मीहरूले भने आफूहरूको लागि आवश्यक प्रोटेक्टेट सामग्री जिल्लामा नभएका कारण जोखिम मोलेर काम गर्न नसक्ने बताउँदै आएका छन् ।

यसैबीच धनकुटाको तमोर नदी क्षेत्रमा घुम्दै आएका तीन जना चिनिया नागरिकको चैत १२ गते स्वास्थ्य परीक्षण गरेको जिल्ला अस्पतालले जनाएको छ । उनीहरूमा कोरोना र अन्य कुनै खाले सङ्क्रमण नभएको अस्पताल प्रशासनले जनाएको छ ।

 

अन्य

भिडियो