मर्स्याङ्दी गाउँपलिका—३ निवासी ३५ वर्षीय खुशीमान गुरुङलाई १९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश हरिचन्द्र ढुङ्गानाको ०७६ फागुन २८ गतेको इजालसले डेढ वर्षको कैद सजायका साथ ३५ हजार क्षतिपूर्ति भराउने र १५ हजार जरिवाना समेतको फैसला गरेको छ ।
आरोपितले ०७६ जेठ १५ गते बलात्कार प्रयास गरेको भनेर आफन्तले ०७६ जेठ १७ गते जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएका थिए । सोहि दिन गुरुङलाई गिरफ्तार गरिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७६ जेठ १७ गते जिल्ला सामुदायिक अस्पतालमा भएको थियो ।