INSEC Online

📅 २०८३ जेष्ठ २१

समृद्धिका लागि साझा अभियान आवश्यकः राष्ट्रपति

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

‘महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद असमानता” भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।’-शुभकामना सन्देशमा भनिएको छ ।

नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्नका निम्ति महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको सन्देशमा उल्लेख छ ।

‘यसबाट महिलाप्रति हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैंगिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउने जस्ता विषयहरू महिलाको हक संरक्षण र सम्वर्द्धनमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजना सहित नेपाल सरकार अगाडि बढिरहेको छ ।’-सन्देशमा उल्लेख छ ।

 

अन्य

भिडियो